राजु श्रेष्ठ तथा अलि असगर देवानलाई सम्मान

0
215
Ad_Article_Top
Share

वीरगन्ज २ चैत नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले एभिन्यूज खबरका केन्द्रिय व्यूरो संयोजक राजु श्रेष्ठ तथा अन्नपूर्णपोष्ट पत्रिकाका प्रदेश नं. २ व्यूरो अलि असगर देवानलाई सम्मान गरेको छ । साल्ट ट्रेडिड्ड स्थित पार्टी कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले अविर टिका लगाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै द्विवेदीले पत्रकारिता क्षेत्रमा राजु श्रेष्ठले पु¥याउनु भएको योगदान उल्लेखनीय रहेको भन्दै वीरगन्जकै माटोमा जन्मी, हुर्की वीरगन्जलाई पत्रकारिता मार्फत देशभरि नै चिनाउने यस्ता व्यक्तित्वहरुलाई सम्मान गर्नु आफ्नो लगायत पार्टी नै गर्भान्वित भएको बताएका थिए । उनले पत्रकारिता एउटा आफैमा चुनौतिपूर्ण पेशा रहेकोमा आफ्नो पेशाप्रति सदैव इमान्दार, कर्तव्यनिष्ट रही दिन रात आफ्नो कर्तव्यप्रति निष्ठावान रहेका यस्ता व्यक्तित्वहरु वीरगन्जकै धरोहर रहेको बताएका थिए ।
यसैगरि कार्यक्रममा नेपाली काँग्रेसका नेता विरेन्द्रलाल नेपाली, जनाद्र्धन सिंह क्षेत्री, नेपाल पत्रकार महासंघका पूर्व सभापति अशोक तिवारी, रामनारायण कुर्मी लगायतले एभिन्यूज खबरको केन्द्रिय व्यूरो संयोजकमा पदोन्निति भएका श्रेष्ठ तथा अन्नपूर्णापोष्टका प्रदेश नं. २ व्यूरो प्रमुख अलि असगर देवानले पत्रकारिता पेशामा लागेदेखि नै गरेको संघर्षहरुको बारेमा चर्चा गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here