जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले २० वर्षे पुराना सवारीसाधन नियन्त्रणमा लिदै

0
279
Ad_Article_Top
Share

बीरगञ्ज १ चैत

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगन्जबाट आज २० वर्षे पुराना नौ वटा विक्रम टेम्पो र एउटा जीप नियन्त्रणमा लिएको छ ।२० वर्षे पुराना सवारीसाधनलाई सरकारले आज देखि सञ्चालनमा रोक लगाएको भएपनि वीरगन्जमा अटेर गरेर चलाइएका सवारी साधनहरुलाइ ट्राफिक प्रहरीले २० वर्षे पुराना ११ वटा टयाम्पु र एउटा जिप नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरीले वीरगन्ज जितपुर रुटमा चल्ने ना १4न्द्रा जीप नियन्त्रणमा लिएको हो । ती सबै सवारी साधन जिना १ ह ६२१, ना १ ह १०५८, ना १ ह ४३५० नम्बरको विक्रम ट्याम्पु र ना १ ज ३१४१ नम्बरको महिन्द्रा जीप नियन्त्रणमा लिएको हो । ती सबै सवारी साधन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा राखिएको छ ।नियन्त्रणमा लिइएका सवारी साधनलाई ऐन अनुसार लगत कटा गराई कबाडमा बेच्न चाहने सवारी धनीले कबाडमा बेच्न सक्ने तर चलाउन भने नसकिने जिल्ला ट्राफिक प्रशरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक सुरेश कुमार साहले जानकारी दिनु भयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here