सखुवाप्रसौनी गाउँपालिका सेवाकेन्द्र सार्ने विषयमा तालाबन्दी

0
317
Ad_Article_Top
Share :
meropathsala.com

सखुवाप्रसौनी ,फाल्गुन ३०

पर्सा सखुवाप्रसौनी गाउँपालिकामा स्थानियहरुले तालाबन्दी गरेका छन । नाम परिवर्तन र सेवाकेन्द्र सार्ने विषयमा तालाबन्दी गरिएको हो।सखुवाप्रसौनी गाउँ पालिकालाइ पारसनाथ गाउँपालिका राख्ने बिरुधमा स्थानियहरुले गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवालको पुत्ला गाउँपरिक्रमा गरि गाउँपालिका अगाडि जयसवालको पुत्ला दहन गरेका छन । साथै आन्दोलनकारिहरुले गाउँपालिकामा तालाबन्दी समेत गरेका छन।गत फाल्गुन २४ गतेका दीन सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवालले प्रेस बिज्ञप्ती जारिगरी गाउँ पालिका कहि न सारि यथावत सखुवा प्रसौनी नै रहने छ।भने प्रेस बिज्ञप्ती जारी गरेका गा पा उपाध्यक्ष फुलमती देबि थरुनीले बताए।साथै फाल्गुन २८ गते रातिमा गा पा वडा ध्यक्ष र वडा सदस्यहरुलाइ ललाइफकाइ नक्ली सहिछाप गा पा अध्यक्ष जयसवालले गाराएको उपाध्यक्ष फुलमती देवि थरुनिको भनाइ रहेको हो।सुरुदेखी गाउँ पालिका सखुवाप्रसौनी रहेको हुदा अब गाउँपालिका परिवर्तन गरिरहेको भन्दै हामी आन्दोलनमा उत्रेको हौ।साथै हाम्रो गाउँपालिकासखुवाप्रसौनी न हुन्जेल सम्म कडा भन्दा कडा आन्दोलनगर्ने सखुवाप्रसौनी गा पा संघर्स समितीका सन्योजक जयराम महतोले बाताए।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here