पर्सा प्रहरीलार्इ कारवाहीकाे माग गर्दै उजुरी

0
319
Ad_Article_Top
Share

वीरगन्ज ६ चैत

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरीले सेवाग्राहीको काम गर्न पैसा माग्ने गरेको भन्दै उजुरी परेको छ । कार्यालयको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक मनमाया लिम्बु र प्रहरी जवान शेरमणी बुढाथोकीले सेवाग्राहीसँग काम गराउन पैसा माग्ने गरेको भन्दै सामूहिक उजुरी परेको हो ।दुबै जनालाई कडा कारवाहीको माग पर्साका प्रहरी उपरीक्षक सामु उजुरी दिएको र उजुरीको बोधार्थ गृहमन्त्रालय, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, प्रदेश २ को प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी ईकाई कार्यालयमा समेत बुझाएको उजुरीकर्ताहरुले बताएका छन् । झुटो मुद्दा लगाएर फसाउने धम्कि दिँदै सेवाग्राहीबाट रकम लिने गरेको उनीहरुले जाहेर गरेको उजुरीमा उल्लेख छ । दुबैका विरुद्धमा उजुरी परेपछि डा.गणेश रेग्मीले आवश्यक कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा बसेर शान्ति सुव्यवस्था र जनताको काम छिटो गर्नुपर्नेमा झनै दुःख दिन संलग्न यस्ता प्रहरीलाई कारवाही गरिने रेग्मीले बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here