नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठक सम्पन्न,सात जना सदस्यता नबिकरण नगर्ने निर्णय

0
298
Share

वीरगंज, चैत्र ३०
नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठक आज शाखाको अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा महासंघकै कार्यकक्षमा सम्पन्न भएको छ । बैठकले आगामी बैशाख २२ गते हुने प्रदेश सभा निर्बाचनको लागि बरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा प्रमुख निर्बाचन अधिकृत र निलिमा पैडेल एवँ नेपाल बार पर्सा अदालतले पठाएको प्रतिनिधि सदस्य रहने गरि समिती गठन गरेको छ । साथै आजकै बैठकले सदस्या शुद्दिकरण अभियानलाई निरन्तरता दिने क्रममा यस बर्ष सात जनाको साधारण सदस्यता नबिकरण नगर्ने निर्णय गरेको छ । यसरी नबिकरण नगर्ने सदस्यहरुमा दिपेन्द्र साह कानु, कबिता मैनाली, ज्ञानेन्द्र मिश्र, पन्नालाल चौरसिया, उत्तम पौडेल, सुरज खनाल र पवन तिवरी रहनु भएको छ । बैठकले पवन तिवारी गत स्थानीय तहको निर्बाचनमा कालिकामाई गाऊँ पालिका वडा नम्बर ५ बिरञ्चीबर्वाको वडा अध्यक्षमा निर्बाचित हुनु भएकोले उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याँकन समेत गरेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here