आवाज एफ.एम ८८ मेघाहर्जको दोस्रो बार्षिक उत्सवमा आयोजित रक्तदान कार्यक्रममा १४ महिला सहित ८८ जनाद्वारा रक्तदान

0
455
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, बैशाख २
“समानता र विश्वासको आधार” आवाज एफ.एम. ८८ मेगाहर्ज आजदेखी दोश्रो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको क्रममा एफएम परिसर वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एफएमका अध्यक्ष श्याम बन्जाराको अध्यक्षता भएको कार्यक्रममा १४ महिला सहित ८८ जनाले गरेका छन । रक्तदान गर्नेहरुमा लालबाबु यादव,रबि गुप्ता, रबिन्द्र श्रेष्ठ,पुष्पा कुशवाहा, राजेन्द्र सिंह, अनिल वर्मा,आनन्द पटेल, संजिव मिश्रा, राकेश साह, रश्मिराज भण्डारी, दिनानाथ साह लगायत रहेका छन । रक्तदान कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगि, उपमेयर शान्ति कार्की, सशस्त्र प्रहरी उपरिक्षक शान्तिकुमार कार्की, प्रहरी नायब उपरिक्षक मानबहादुर राई, एमाले नेता चिरंजिवी आचार्य, बालगोपाल थापा, ब्लडडोनर्र्स एशोसियसन पर्साका सचिव अरबिन्द सिंह, राष्टिय जनता पार्टीका सहमहासचिव नेजामुद्धिन समानी, तरुण दल बाराका अध्यक्ष लुकेस सिंह, वीरगंज युवा समाजका अध्यक्ष कमल चौैगाई, पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, समाजसेवी मुकेस सरावगिलगायतको सहभागिता थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here