वीरगंज,बैशाख २
“समानता र विश्वासको आधार” आवाज एफ.एम. ८८ मेगाहर्ज आजदेखी दोश्रो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको क्रममा एफएम परिसर वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एफएमका अध्यक्ष श्याम बन्जाराको अध्यक्षता भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगि, उपमेयर शान्ति कार्की, सशस्त्र प्रहरी उपरिक्षक शान्तिकुमार कार्की, प्रहरी नायब उपरिक्षक मानबहादुर राई, एमाले नेता चिरंजिवी आचार्य, बालगोपाल थापा, ब्लडडोनर्र्स एशोसियसन पर्साका सचिव अरबिन्द सिंह, राष्टिय जनता पार्टीका सहमहासचिव नेजामुद्धिन समानी, तरुण दल बाराका अध्यक्ष लुकेस सिंह, वीरगंज युवा समाजका अध्यक्ष कमल चौैगाई, पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, समाजसेवी मुकेस सरावगिलगायतको सहभागिता थियो । यसैबिच कार्यक्रमका मुख्य अतिथी भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले आवाज न्युज डट कम अनलाईनको उद्घाटन गर्नु हुनुभएको छ । एफ.एमको सम्पुर्ण गतिबिधि सहित सुचना , संचार लगायतको सम्पुर्ण गतिविधलाई देश बिदेशमा अनलाइन मार्फत सुचना प्रवाह गर्न उदेश्यले अनलाईन निर्माण गरिएको एफ.एमका अध्यक्ष श्याम वन्जाराले जानकारी दिनुभयो ।