प्रेस चौतारी नेपाल प्रदेश नं. २ को बैठक सम्पन्न,अगामी २२ गते हुने निर्वाचनको परिणाम चौतारीको पक्षमा पार्न निर्णय

0
407
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,बैशाख ३
प्रेस चौतारी नेपाल प्रदेश नं. २ को बैठक आज रौतहटको चन्दनिगाहपुरमा सम्पन्न भएको छ । बैठकलेका आगमी २२ गते प्रदेश सभाको निर्वाचनको लागि महेश दासको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको छ । प्रदेशका संयोजक लालबाबु शेखको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको परिणाम चौतारीको पक्षमा पार्नको लागि सवै पक्षसंग संवाद गर्नका निम्ति दासकै नतृत्वमा केसी लामाछाने गोपाल बराल रहेको वार्ता समिती गठन गरेको छ । बैठकले लालबाबु शेखको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा ८ वटै जिल्लाका प्रेस चौतारीका अध्यक्षहरु ,चौतारीबाट महासंघमा जितेको सभापतिहरु र बरिष्ठ पत्रकारहरु रहनुभएको छ ।बैठकमा अरबिन्द सिंह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, वृजलाल पासवान, चौतारीका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here