बिप्लव माओवादीद्वारा राखिएको बम सेनाद्वारा निष्कृय

0
869
Ad_Article_Top
Share

वीरगंज, बैशाख ६
नेकपा माओवादी बिप्लबका कार्यकर्ताहरुले बीरगंज महानगरपालिका र नारायणी यातायात व्यवस्था कार्यालयमा राखेको बम सेनाले निष्कृय गरेको छ । सेनाको बम डिष्पोजल टोलीले दिउँसो सो बमलाई निष्कृय पारेको हो । बिप्लवका कार्यकर्ताहरुले वीरगंज महानगरका नगर प्रमुख बिजय कुमार सरावगी र यातायाता ब्यवस्था कार्यालयका प्रमुको कार्यकक्ष बाहिर बम राखेको थिए । बम राखेपछि बिप्लव माओवादी कार्यकर्ताहरुले टेलीफोन मार्फत स्थानिय संचार माध्यमलाई जानकारी गराएका थिए । उनीहरुले बर्तमान सरकारको बिरुद्धमा बम राखिएको कुरा जनाएका हुन । नाम र टेफिफोन नम्बर सार्वजानीक नगर्ने सर्तमा उनीहरुले अन्य जनप्रतिनिधीर सरकारी कार्यालयमा पनि बम राख्ने जानकारी गराएका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here