केटापक्षले “दाईजोको सवै रकम नपाए बिवाह नगर्ने” धम्की दिएपछि युवती द्वारा आत्माहत्या

2
1252
A palm
Ad_Article_Top
Share

वीरगंज,बैशाख ७
वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा गए राती एक युवतीले आत्माहत्या गरेकि छिन । दाईजो सम्बन्धमा केटापक्ष संग बिवाद हुदा प्रसौनी बिर्ता निवासी दिनदयाल साह भनिने भोला साह तेलीकी १८ बर्षिय छोरी रबिताले हिजो राती ९ः३० बजे पासो लगाई आत्मा हत्या गरेकी हुन । मृत्कको बैशाख १४ गते पर्साको रामनगरीमा जय नारायण साहको छोरा शिव दयाल साह संग बिवाह हुने तय भएको थियो । निजको बिवाहको लागि नगद तिन लाख पाँच हजार, होण्डा साईन मोटरसाईकल, सुनको औठी र सिकडी लगयतको समग्री तय गरिएको थियो । जसमध्ये मृत्कका बुवाले दुई लाख २० हजार र मोटर साईकल दिईसकेका थिए । केटापक्षले बाँकी रहेको ८० हजार नदिए जन्ती नल्याउने धम्की दिदै आएका थिए । हिजो राती पनि बाँकी रकम नदिए बिहे नै नगर्ने धम्की दिएका थिए । विवाद पछि केटा र केटीले समेत फोनमा कुराकानी गरेको र त्यसपछि केटीले आत्माहत्या गरेको मुत्यकको बुवा भोला साहले जानकरी दिनुभयो । जयनारायण र निजका छोरा शिव दयाल फरार रहेका छन् र उनीहरुको खोजी भईरहको पर्सा प्रहरीले जनाएको छ । मृतक रबिता वीरगंजको हरीखेतान बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन । मृत्यक साहको शव पोष्र्टमार्टमको लागि नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।

Ad_Article_Bottom

2 COMMENTS

  1. Comment: ATTENTION GALTI KETI KO BUWA KO PANI CHA DAIJO LINU RA DINU GALAT HO. tathapi yo news le reality audaina. Hamro nature chori ko Sano birthday ma chori tali k k chahiyo bhanera sodhne. Tara chori ko bihe garda life ko thulo decision ko bela chori ko ichha na sodhne yo madesi samaj ko prathaa ho. chori lai daijo dinu parcha bhanera bhrun hatya garne samaaj. aaja pani aafno prathistha ko naam maa choir ko Bali chadhako cho yo samaj le

  2. Comment: DAIJO LENE RA DENE DUBAI UTIKAII DHOSI HUNCHAN. not only keta paksha. testo lai Kasai le chori na deos jasle daijo magcha.testa manche ko Chora bin Bibha Bhai akaal mai budho Bhai marchan

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here