वीरगञ्ज सिटि हाल्फ म्याराथन प्रतियोगितामा लालबहादुर थापा र सँस्कृति रक्षा दौड प्रतियोगितामा प्रिन्स कुमार मुखिया प्रथम

0
497
Ad_Article_Top
Share

वीरगंज, बैशाख ८
वीरगञ्ज सिटि हाल्फ म्याराथन प्रतियोगितामा लालबहादुर थापा विजयी भएका छन् । पर्सा जिल्ला एथ्लेटिक्स संघ वीरगञ्जको आयोजना भएको प्रतियोगितामा प्रथम हुन सफल त्रिभुवन आर्मीका थापाले २१. ५ किलोमिटरको दौड १ घण्टा ११ सेकेन्डमा पुरा गरेका थिए । उनले नगद २५ हजार र प्रमाणपत्र हात पारे । त्यसैगरि प्रतियोगितामा आर्मीकै टिकाराज कटुवाल ( १ घण्टा १२ सेकेन्ड) र सशस्त्र प्रहरीका १ घण्टा १२.३६ सेकेन्ड सन्तोष विष्ट द्वितिय र तृतिय भए । उनीहरुले क्रमशः २० र १५ हजार नगद, र प्रमाणपत्र पाए । विजेता खेलाडीहरुलाई दक्षिण एशियाली खेलकुद प्रतियोगिताका किर्तिमानी धावक बैकुण्ठ मानन्धर लगायतले पुरस्कार वितरण गरे । संघले नै आयोजना गरेको ५ किलोमिटर दौड प्रतियोगितामा सुभाष थापा, अनिल साह, अनिल शर्मा क्रमशः प्रथम, द्वितिय र तृतिय हुन सफल भएका थिए । उनीहरुलाई नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक एथलेटिक्स संघ पर्साका अध्यक्ष शैलेन्द्र पाण्डेले जानकारी दिए । त्यसैगरि वीरगञ्जमा शनिबार सँस्कृति रक्षा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रिन्स कुमार मुखिया प्रथम भएका छन् । त्यसैगरि चन्देश्वर पटेल, विकास चन्द उपाध्याय क्रमशः द्वितिय र तृतिय भएका छन् । हिन्दु स्वयंसेवक संघले आयोजना गरेको प्रतियोगितामा विजेताहरुलाई पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले पुरस्कार प्रदान गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here