केन्द्र सरकारले बिभेद गरे ढाँट राखेर राजस्व उठाउने मन्त्री सोनलको चेतावनी

0
211
Ad_Article_Top
Share

वीरगंज,बैशाख १३
प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले केन्द्र सरकारले विभेद गरेको खण्डमा ढाँट राखेर राजश्व उठाउने बताएका छन् । गोरखापत्र संस्थान सम्पर्क कार्यालय वीरगञ्जको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित संघ र प्रदेशको सम्बन्धमा मिडियाको भूमिका विषयक अन्र्तक्रियामा उनले त्यस्तो बताएका हुन् ।
फरक प्रसंगमा उनले प्रदेश नं २ को सरकार लोकतन्त्रलाई संस्थागत गर्न लागि परेको बताए । लोकतन्त्र रहे मात्रै पार्टी, नेता, पत्रकारिता, पत्रकार रहने बताउँदै यसलाई बचाउन सबै पक्षको हातेमालो आवश्यक रहेको उनको भनाई छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संघ र प्रदेशलाई छिटो कानुन बनाउन आग्रह गर्दै मिडिायाले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । गोरखापत्र संस्थान सम्पर्क कार्यालय वीरगञ्जका प्रमुख कन्हैयालाल केशरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जारा, उद्योग वाणिज्य संघका प्रदेश उपाध्यक्ष अशोक वैद्य, ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख प्रमोद कुशवाहा लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रमको सहजीकरण दिलिपराज कार्कीले गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here