वडाको सरसफाईमा सुधार नआएको स्थानियको गुनासो

0
149
Ad_Article_Top
Share

वीरगंज,बैशाख १४
वीरगञ्ज महानगरपालिका वडा नं ११ का बासिन्दाले वडाको सरसफाईमा सुधार नआएको गुनासो गरेका छन् । जनप्रतिनीधि आएपछि सरसफाईमा सुधार आउने आशा गरिएको भएपनि खासै त्यसो हुन नसकेको बताएका हुन् । पहिला जन प्रतिनीधि नभएकोले काम हुन नसकेको बताउने गरेको भएपनि अहिले प्रतिनीधि आएको लामो समय वितिसक्दा पनि वडाको सरसफाईमा प्रगति नभएको गुनासो वडाबासीहरुको छ । नेशनल ट्रेडिङ देखि रानीघाट जाने सडक खण्डमा बिहान एक पटक ट्याक्टर आएर फोहोर उठाएर लैजाने गरेको भएपनी भित्रि गल्लीमा सरसफाईको अवस्था नाजुक रहेको उनीहरुको भनाई छ । खुल्ला ठाउँमा जथाभावी फोहोर फालिएको छ । नाला जाम भईरहेको छ । तर नगरपालिकाले सरसफाईमा ध्यान दिएको छैन । वडा र महानगरमा पटक–पटक गुनासो गर्दा पनि सुनुवाई नभएको वडाबासीको गुनासो छ । वडा अध्यक्ष प्रधुम्न सेढाँईले भने जनशक्ति र स्रोत साधनको अभावमा सोचे अनुसारको काम गर्न नसकेको बताउनुभयो । वडाबासीको जायज गुनासोहरु भएपनि स्रोत साधनको अभावमा आफूले काम गर्न नसकेको उहाँको भनाई छ । महानगरपालिकाले छिट्टै स्रोत साधन उपलब्ध गराउने आश्वासन दिएकोले चाँडै नाला सफाईको काम हुने आश्वासन वडा अध्यक्ष सेढाईले दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here