परवानीपुरमा प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिता शुरु

0
390
Ad_Article_Top
Share

वीरगन्ज१४ वैशाख ।
नेकपा माओवादी केन्द्र बारा क्षेत्र नं. ३ (ख) की प्रदेश सभा सदस्य ज्वाला कुमारी साहले काठमाडौंमा मात्रै हुने गरेकोे अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरु अहिले वीरगन्जमा देख्न पाउँदा ज्यादै खुशी लागेको बताउनु भयो ।नेपाल सेकाई क्योकुशिन कराते संघ बारा, चैनपुरले परवानीपुर स्थित डि.ए.भी.आर.वि. केडिया स्कुलमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि साहले नेपालकै आर्थिक नगरीको रुपमा रहेको वीरगन्जले यस्ता यस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुदहरु अझै ल्याउनुपर्ने बताएकी थिइन् ।
उनले स्वास्थ्य तथा मनोरञ्जनको लागि भएपनि खेलकुद अपरिहार्य भएको हुनाले खेलकुद विकास गर्नु हामी सबैको दायित्व हुन्छ, तर विडम्बना छ हामीकहाँ खेलकुदको साधन श्रोत छैन, केही साधन श्रोत भएपनि त्यसको संरक्षण हुन नसकेकोप्रति दुःख व्यक्त राज्यले मात्रै नभई अब प्रदेश स्तरबाट भएपनि खेलकुदको विकास तर्फ अगाडि बढ्नुपर्ने बताएकी थिइन् । नेपाल सेकाई क्योकुशिन कराते संघका सचिव भिखारी साह कानुको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा राजपाका नेता शिव पटेल, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडिया लगायतले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वैशाख १४ र १५ गते दुईदिन चल्ने उक्त प्रतियोगितामा नेपाल, भारत तथा भुटानका खेलाडीहरु भाग लिएका छन् भने उक्त खेलको निर्णायकमा कराते सेन्साई नरेश राउत कुर्मी (वीरगन्ज), सुजित पाण्डे (हैद्रावाद), दिलदार सिंह (हैद्रावाद), रोहित बेयाली (काठमाडौं), करण बहादुर राई (सर्लाही), मिन लामा (रौतहट), अपरा बोहरा (भुटान), अजय होल्डर (कोलकत्ता), अरुण सिंह (यु.पि.) तथा एम.डि. नसरुद्दिन रहेका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here