वाल विवाह गराउने प्रहरी जवान पक्राउ

0
315
Ad_Article_Top
Share :

वीरगंज, बैशाख १५
पर्सा प्रहरीले दुई जना बालिकाको वाल विवाह रोक्न खोज्दा अवरोध गर्ने प्रहरी जवानलाई पक्राउ गरेको छ । भोटेचौर सिन्धुपाल्चोक दरबन्दी भई सोही ठाउंमा कार्यरत प्रहरी जवान वुलेट प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो । बुलेट विवाह हुन लागेका ३५ बर्षिय सुरेश प्रसाद यादव र ३२ बर्षका करिमन प्रसाद यादवका सहोदर भाई हुन् । उनीहरुले बाराको ११ र १३ वर्षको बालिका सँग बैशाख १४ गते विवाह गर्ने तय गरेर अघिल्लो दिन पुजा गर्दै गरेको जानकारी पाएपछि प्रहरीले रोक्न खोजेको थियो । यादवले वीरगञ्ज महानगरपालिका वडा नं २७ उदयपुरघुर्मीमा बाल विवाह रोक्न गएको प्रहरी टोली माथि नै विवाद गरेको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिनुभयो । यादवलाई विभागीय र ऐन अनुसार दुवै कारबाही हुने उहाँले बताउनुभयो । विवाहमा संलग्न अन्य फरार भएका छन् । बाल विवाह जघन्य अपराध भएकोले सूचना दिएर सहयोग गर्न प्रहरी उपरीक्षक रेग्मीले आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here