मर्दासा अर्गनाइजेसन अफ नेपालको आयोजनामा दाईजो बिरुद्ध अभियान सम्पन्न

0
378
Ad_Article_Top
Share :

 वीरगंज,बैशाख १५
मर्दासा अर्गनाइजेसन अफ नेपालको आयोजनामा आज वीरगंज स्थित छपकैयामा रहेको एमईएस स्कुलमा दाईजो बिरुद्ध अभियान सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले समाजमा दाईजो प्रथाले बिकाराल रुप लिदै गएकोले यसको नियन्त्रणमा जोड दिन आग्रह गर्नुभएको थियो । वक्ताहरुले दाईजो प्रथाले महिला हिन्सा, भ्रुण हत्या, महिला अत्माहत्या जस्ता घटनामा वृद्धि भएको प्रति चिन्ता समेत व्यक्त गरेका थिए । मर्दशा अर्गनाईजेसन अफ नेपालका अध्यक्ष मैनुदिन अंसरीको अध्यक्षता एवं वीरगंजका मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रेडक्रस सोसाईटी पर्साका सभापति फुलमहम्द मियाँ, फोरमका नेता शशिकपुर मियाँ, राजपाका नेता निजामुदिन समानी,माओवादीका शेख चाँद तारा , दाईजो बिरुद्ध कुरुति अभियानका संयोजक वृजेश चौधरी, प्रेस मञ्चका अध्यक्ष संतोष पटेल ,नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, अधिवक्ता सुरेन्द्र कुर्मी, समाजिक अभियन्ता प्रकाश थारु लगायतको आ आफनो धारणा राख्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here