परवानीपुरमा अायोजित अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सकियो

0
236
Ad_Article_Top
Share

 

 

१६ वैशाख, वीरगञ्ज । बाराको परवानीपुरमा प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल सेकाई क्योकुशिन कराते केन्द्रीय संघ बारा, चैनपुरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

परवानीपुरस्थित डीएभीआरबी केडिया स्कुलमा भएको प्रतियोगितामा वैशाख १४ र १५ गते दुईदिन सम्पन्न प्रतियोगितामा नेपाल, भारत तथा भुटानका खेलाडीहरुले भाग लिएका थिए ।

प्रतियोगिता अन्तर्गत पुरुष तर्फ १० देखि १२ वर्ष उमेर समूहको खेलमा अभय राउत प्रथम, सम्साद अन्सारी दोश्रो, चन्दन पटेल तेश्रो भए, पुरुषोत्तम बस्नेतले वेस्ट फाइटरको उपाधि चुमे ।

सोही उमेर समूहमा महिला तर्फ स्नेहा महतो प्रथम, पि्रया सिंह दोश्रो, विनिता मण्डल तेश्रो तथा लामिशा सिद्धिकीले वेस्ट फाइटरको उपाधि जितिन् ।

पुरुषतर्फ १२ देखि १४ वर्ष उमेर समूहको खेलमा आकाश कुमार साह प्रथम, गोविन्द गौतम चौहान दोश्रो, रामेश्वर पटेल तेश्रो भए भने प्रमोद राउतले वेस्ट फाइटरको उपाधि जिते । सोही उमेर समूहमा अस्मिता जयसवाल प्रथम, मुस्कान कुमारी दोश्रो, अन्जना वाइवा तेश्रो तथा अनिशा जयसवाल वेस्ट फाइटरको उपाधि हाँसिल गरिन् ।

यसैगरी पुरुष ४५ किलो उमेर समूहमा मुनी विशाल माझी प्रथम, हिमान्सु यादव दोश्रो, आकाश कुमार साह तेश्रो तथा अभय राउत वेस्ट फाइटर घोषित भए भने ५० किलो उमेर समूहमा जुग्ली कुमार दास प्रथम, बृजकिशोर राय दोश्रो, हरि दास तेश्रो तथा चन्दन कुमार जयसवाल वेस्ट फाइटरको उपाधी प्राप्त गरे ।

पुरुषतर्फ ५५ किलो समूहमा अमृत सिंह प्रथम, विशाल राज दोश्रो, अमिर हुसेन तेश्रो तथा राजा हुसेन रायले वेस्ट फाइटरको उपाधि पाए ।

त्यसैगरि पुरुष खुल्लातर्फ विकास कुमार सिंह प्रथम, मिन बहादुर मगर दोश्रो, अविक कुमार मैत्री तेश्रो भए भने लालमोहन सहनी वेस्ट फाइटरको उपाधि चुम्न सफल भए ।

महिला खुल्लातर्फ शिवानी पाण्डे प्रथम, रहनुमा तस्निम दोश्रो, सवनुर सोमन तेश्रो तथा महिलामा बाहुरी वेस्ट फाइटरको उपाधि प्राप्त गर्न सफल भइन् ।

कराते सेन्साई नरेश राउत कुर्मी (वीरगन्ज), सुजित पाण्डे (हैद्रावाद), दिलदार सिंह (हैद्रावाद), रोहित बेयाली (काठमाडौं), करण बहादुर राई (सर्लाही), मिन लामा (रौतहट), अपरा बोहरा (भुटान), अजय होल्डर (कोलकता), अरुण सिंह (यूूपी) तथा एमडी नसरुद्दिनले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here