२५ सय ६२ औं बुद्ध जयन्तीको अवसरमा फोनिज पर्साद्वारा निशुल्क पानी बितरण

0
438
Ad_Article_Top
Share

वीरगंज, बैशाख १७
आज बैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध जयन्ती । २५ सय ६२ औँ बुद्धजयन्ती वीरगंजमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।बुद्धजयन्तीका अवसरमा मुलुकभरका बुद्धबिहार, मठ तथा गुम्बाहरुमा बिहानैदेखि धार्मिक कार्यक्रम, प्रार्थनाका साथै बुद्धसम्बन्धी प्रवचनहरु भइरहेका छन् । बुद्ध जयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले पिउने पानी वितरण गरेको छ । फोनिज पर्साको आयोजना तथा ग्लोबल विजनेस म्यानेजमेण्ट प्लस टु कलेजको सहयोगमा बुद्ध जयन्तीको अवसरमा निकालिएको शान्ति ¥यालीमा सहभागिहरुलाई पानी वितरण गरिएको हो । फोनिज प्रदेश नम्बर २ का इन्चार्ज निरज पिठाकोटे मगरको नेतृत्वमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका उपाध्यक्ष अजित भूजेल सदस्य एवं सामाजिक अभियन्ता प्रकाश थारु, ग्लोबल कलेजका संचालक ओम श्रेष्ठ, श्रीराम दास थारु, अशोक सर्राफ, नेकपा एमालेका युवा नेता अकलेस साह, विश्व शान्ति एकीकृत परिवार महासंघ पर्साका स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो ।
बौद्ध सेवा समितिको आयोजनामा माईस्थानबाट निकालिएको विभिन्न झाँकी सहितको ¥याली घण्टाघरदेखि मुख्य सडक हुदै भारतीय महावाणिज्यदूतावास अगाडिबाट भिस्वा डाडामा पुगेर समापन भएको थियो । ¥यालीमा विभिन्न समुदायका भेषभूषामा सजिएका महिला पुरुष तथा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here