समृद्ध पर्साका लागि २३ बुँदे एजेण्डा सार्वजनिक

0
235
Ad_Article_Top
Share

वीरगञ्ज, १६ बैशाख
‘आफ्नो गाउँ, आफ्नो शहर आफैं बनाऔं’ भन्ने नाराका साथ समृद्ध पर्साका लागि उनीहरुले बिभिन्न २३ बुदे विकासाके एजेन्डा सार्वजनिक गरेका छन् । समृद्ध पर्सा विकास समितिले पोखरीयामा रहेको रामदेव कलवार जिल्ला उचांगल माविमा सोमबार आयोजित कार्यक्रममा समृद्ध पर्सा विकास समतिका संयोजक सांसद हरि नारायण रौनियारले विकासका एजेन्डा सार्वजनिक गरेका हुन् ।
नियमित रुपमा खाजा, मासु, फलफुल तरकारी पसल सफा राख्न लगाउनुको साथै अनुगमन गरिने, विद्यालय, स्वास्थ्य केन्द्र, अस्पताल, कृषि केन्द्रको सेवा सुधार गर्ने, विभिन्न कुरीति विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै सीपमुलक र प्राविधिक तालिम सञ्चालन गरिने, आधुनिक कृषि अन्र्तगत लघु सिंचाई, टुयुवेल, बाँध निर्माण, उन्नत किसिमको बिउ विजन वितरण, माटो परिक्षण, कृषि सम्बन्धि तालिम गोष्ठी, नगदे बालीमा प्रोत्साहन रहेका छन् ।
त्यस्तै व्यवस्थित पशुपालन तथा कृषकहरुलाई समूहमा आवद्ध हुन प्रोत्साहनका कार्यक्रम ल्याउने, धार्मिक तथा प्राचिन स्थलको संरक्षण तथा प्रवद्र्धन, पर्यटकीय स्थलको विकास, पूर्वाधार विकास कार्यमा छरितोपन तथा स्तरीय निर्माणमा जोड, गरिब राहत कार्यक्रम (आवास, राहत कार्ड’ दलित वर्गका लागि विशेष कार्यक्रम, बेटी पढाऔं, बेटी बचाऔं प्रदेश सरकारको अभियानलाई तिव्रता दिने बताईएको छ ।
त्यस्तैगरि चारैवटा संसदीय क्षेत्रमा एक एक वटा आधुनिक सभाहल निर्माण, चारै क्षेत्रमा एक÷एक वटा आधुनिक खेल मैदान निर्माण, पोखरीया अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नती गर्ने, क्षेत्रिय स्तरको सडक निर्माणमा तिब्रता ल्याउने, स्थानीय स्तरमा हुने झै झगडा, मुद्धा मामिला स्थानीय स्तरमै समाधान गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधनलाई छोटी भन्सारबाट इन्ट्रि (प्रवेश ) को व्यवस्था हुनुपर्ने रहेका छन् ।
कृषिमा आधारित उद्योग स्थापनामा सरकारी स्तरमा पहल गर्ने, लागु औषध उत्पादन, बिक्रि वितरण ओसार प्रसार नियन्त्रणका लागि सचेतना कार्यक्रम, विश्व विद्यालय कालिकामाईको कट्टीको जग्गामा स्थापना गर्न पहल गर्ने, मेडिकल कलेज स्थापना गर्न विशेष पहल गर्ने, गैर सरकारी संस्थाको कम प्राथमिकताको कार्यक्रममा सकभर सहभागीता नजनाई कार्यालयको काममा विशेष ध्यान दिनुपर्ने विषयमा पनि २३ बुँदे एजेन्डामा समावेश छ ।

पोखरीया नगारपालिकाले आयोजना गरेको कार्यक्रममा सांसद लक्ष्मणलाल कर्णले स्थानीयको सहभागीतामा विकासका कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । ‘सबैभन्दा पहिले स्थानीय तह आएको अनुभूति सर्वसाधरणलाई गराउनु आवश्यक छ । स्थानीय तहमा गठन भएको न्यायिक समितिले समितिमा आएका समस्या स्थानीय स्तरमै समाधान गर्न सक्नुपर्छ । यसले सर्वसाधरणलाई जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय धाउनुपर्दैन ।’ उनले भने ‘ जिल्लाको विकासका लागि एउटा योजना बनाएर स्थानीयको सहभागीतामा विकासका काम गर्न सकिन्छ । त्यसका लागि विज्ञ सहितको टोली बनाएर काम गर्नुपर्छ ।’
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले संघ र प्रदेशले छिटो भन्दा छिटो कानुन बनाएर पठाउनुपर्नेमा जोड दिए । ‘स्थानीय तह अहिले सक्रमणबाट गुज्रीरहेको छ । हामीलाई धेरै काम गर्नुपर्ने दवाव छ तर संघ र प्रदेशले आवश्यक कानुन निर्माण नगरिकसकेको अवस्था छ ।’ उनले भने ‘ कर्मचारीहरुमा पनि पुरानै प्रवृत्ति हावी छ । उनीहरु अझैपनि आफूलाई मेयरकै रुपमा हेरिरहेका छन् । यसको अन्त्य हुनुपर्छ ।’
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जिल्लाको विकासका लागि स्तरिय पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउनुपर्ने, अनुशासन कायम गर्नुपर्ने र स्रोत साधनको सही परिचालन हुनुपर्ने बताए । ‘ पर्सा जिल्लालाई बाहिर तस्करी, बेईमानी, र अपराधको जिल्लाको आरोप लागेको छ ।’ उनले भने ‘ यसलाई रुपान्तरण गर्नुपर्छ स्रोतको कमी छैन, अनुशासन र प्रतिबद्धताको खाँचो छ ।
पोखरीया नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले बैशाख २ गते जिल्लाका ४ वटै क्षेत्रका सांसद, ८ वटा प्रदेश सभा सदस्य, १४ वटै स्थानीय तहका जनप्रतिनीधिहरुको बैठकले ११ सदस्यीय समृद्ध पर्सा विकास समिति गठन गरेको जानकारी गराईन् । ‘दलगत स्वार्थभन्दा मागि उठेर जिल्लामा विकासका काम गर्न समिति गठन गरिएको हो ।’ उनले भनिन् ‘ विकासको काममा एकमत हुनुपर्छ भन्ने उद्देश्य हामीले लिएका छौं ।’

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here