बहिनी शिक्षाका लागि दिदी कार्यक्रम मार्फत डोम बस्तीका २१ जना बालबालिकालाई विद्यालय भर्ना

0
249
Ad_Article_Top
Share

वीरगंज, बैशाख २४
विद्यालय भर्ना अभियान क्रममा आज वीरगञ्जमा २१ जना डोम समुदायका बालबालिकालाई विद्यालय भर्ना गराईएको छ । डिएफआईडी भिएसओ नेपालको सहयोगमा आसमान नेपालको आयोजनामा संचालित बहिनी शिक्षाका लागि दिदी कार्यक्रम मार्फत वीरगञ्ज बहुअरीमा रहेको डोम बस्तीका २१ जना बालबालिकालाई विद्यालय भर्ना गराइएको हो । उनीहरुलाई आज बिहान लगेर सारदा मावि बहुअरीमा भर्ना गराईएको आसमान नेपालको सामाजिक परिचालक मञ्जु राउतले जानकारी दिनुभयो । विद्यालय जाने उमेर भएर पनि विद्यालय नगएका बालबालिकाहरुलाई विद्यालय पठाउन एक सातादेखि पहल गरेको उहाँको भनाई छ । विद्यालय जान पाएपछि डोम समुदायका बालबालिका उत्साहित भएर विद्यालय गएका छन् । आज आयोजित भर्ना कार्यक्रममा आसमान नेपालका जिल्ला संयोजक मुन्नीलाल बैठा, विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रा लगायतको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here