मोदीको सुरक्षाका लागि ‘कमाण्डो’सहित ‘बुलेटप्रुफ’ गाडी काठमाडौंमा, चार वटा हेलिकोप्टरले ‘स्कर्टिङ’ गर्ने

0
355
Ad_Article_Top
Share

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको सुरक्षाका लागि भारतबाटै ‘कमाण्डो’ टोली नेपाल आएको छ । जनकपुर, मुक्तिनाथ र काठमाडौंमा रहँदा भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा

का लागि भारतबाटै ४१ सदस्यीय ‘कमाण्डो’ टोली आज काठमाडौं उत्रिएको हो ।
काठमाडौं रहँदा मोदीको प्रयोगका लागि दुई वटा ‘बुलेटप्रुफ’ गाडी पनि ल्याइएको छ । यस्तै, मोदीलाई भारतीय वायुसेनाका चार वटा हेलिकोप्टरले विशेष ‘स्कर्टिङ’ गर्ने छ ।

 

मोदीको सुरक्षाका लागि करिब एक किलोमिटर आसपासमा कुनै पनि फ्रिक्वेन्सी नेटवर्कले काम नगर्ने जामर र चाहेको क्षेत्रको दृश्य सम्प्रेशण गरी कमाण्ड सेन्टरमा पठाउन सक्ने ‘यापिट कम्यूनिकेसन स्टिम’ लगायत प्रविधि प्रयोग गरिने छ ।

 

 

बैशाख २८ गते नेपाल आउनु हुने भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here