सोनम कपुरको बिहेमा वरुण र अर्जुनले नाच्ने, विहेको तयारीमा आफन्तले घर भरियो

0
241
Ad_Article_Top
Share

बैशाख २५ ,
बलिउडकी सफल अभिनेत्री तथा अभिनेता अनिल कपुरकी छोरी सोनम कपुरको विवाहको दिन नजिकिँदै छ ।आनन्द आहुजासँग विवाह बन्धनमा बाँधिन लागेकी सोनमको घरमा यतिवेला विवाहको रौनक छ । उनको घरमा आफन्त, साथीभाइ जम्मा हुने क्रम बढेको छ ।

तयारीका विभिन्न भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन् । सार्वजनिक भिडियोमा डान्स रिहर्सल चलिरहेको पनि देखिएको छ ।

सोनमको विवाहका लागि डान्स रिहर्सल गर्नेमा वरुण धवन, अर्जुन कपुर र अंशुला कपुर पनि छन् । सोनमको आगामी फिल्म १ जुनमा रिलिज हुँदै छ । जसमा विवाहको प्रसंग पनि छ । तर, उनी ८ मेमा नै विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here