कमिशनको खेलमा वीरगंजका निजि बिद्यालय र पुस्तक व्यवसायिहरु अभिभावकलाई ठग्दै

0
4021
Ad_Article_Top
Share

वीरगंज, जेठ ४ ,संजिव मिश्रा
कमिशनको खेलमा वीरगंजका निजि बिद्यालय र पुस्कत व्यवसायिहरुले अभिभावकहरुलाई ठगी गर्दै आएका छन ।

नयाँ शैक्षिक शुरु भएको मौका छोपी पुस्तक व्यवसायिहरु निजि बिद्यालय संग मिलेमतो गरी ठग्दै आएका छन । कमिशनको खेलमा प्रत्येक बर्ष निजी बिद्यालयहरुले पाठ्यपुस्तक परिर्वतन गर्ने गरेको अभिभावकहरुले गुनासो गरेका छन ।

यसरी पाठ्य पुस्तक परिर्वतन गर्दा प्रत्येक बर्ष अभिभावकहरुलाई आर्थिक भार पर्ने तथा बिद्यार्थीहरुको पठाईमा पनि पाठ्य पुस्तककै कारण अन्योलता सिर्जना हुने गरेको छ । निजि बिद्यालयहरुले पुस्तक तथा डे«स पनि कमिशन आउने पसलमै किन्न बाध्य बनाएका छन ।

वीरगंजकै रानीघाट गोस्वार रोडमा रहेको राज होजियारीमा वीरगंजका अधिकांश बिद्यालयहरुले बिद्यालय पोसाक किन्नु पर्ने बाध्य पारेका छन । त्यस्तै पुस्तकमा पनि रानीघाटकै पुजा पुस्तक र नबिन पुस्कत पसलमा किन्नु पर्ने बाध्यता रहेको अभिभावकहरुले बताएका छन ।

छुटको नाममा पुस्तक पसलहरुले अभिभावकहरुलाई ठग्ने गरेको प्रसौनी बिर्ताका उमेश साहले बताउनुभयो ।जिल्लामा बिभिन्न अभिभावक संघ संस्था तथा नियमनकारी निकाय समेत अनुगमनमा उदासिन देखिएका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here