साढे ३ घण्टा ढिलो वीरगञ्ज आईपुगे जगतगुरु शंकाराचार्य

0
202
Ad_Article_Top
Share

 

६ जेठ, वीरगञ्ज
अपरान्ह ४ बजे नै वीरगञ्ज आईपुग्ने भनिएपनि जगत गुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराज अबेर साँझ वीरगञ्ज आईपुग्नुभएको छ । झण्डै साढे तीन घण्टा ढिलोगरी वीरगञ्ज आएपछि घण्टाघरमा गर्ने भनिएको स्वागत पनि स्थगित गरिएको छ ।

अबेर साँझ वीरगञ्ज प्रवेश गर्नुभएको जगतगुरु शंकाराचार्यलाई गहवामाई मन्दिर बाहिरसम्म पु¥याएर सिँधै गोपाल मण्डली धर्मशालामा लगिएको थियो । स्वागत मुल समितिका अध्यक्ष एवं समाजसेवी अशोक बैद्यले गुरुको आगमनमा ढिलाई भएका कारण पूर्व निर्धारित केहि कार्यक्रम रद्ध गरिएको जानकारी दिए ।

यसअघि घण्टाघरमा भब्य स्वागत गरिने, बीरगंजको एतिहासिक एवं प्रसिद्ध गहवा माई मन्दिर, अलखिया मठ, महाबीर मन्दिरमा विशेष पुजापाठ गर्नुको साथै सोभा यात्रा सहित नगर परिक्रमा गरि गोपाल मण्डली धर्मशालामा जाने कार्यक्रम तय गरिएको थियो ।
शंकाराचार्य जगतगुरुले सोमबार विहान ९ः३० बजे दर्शन भेट दिने, बिहान १०ः३० बजे दिक्षा दिने मध्यान्न १२ः०० बजे पादुका पुजन गर्ने कार्यक्रम तय गरिएको छ । सँगै भोलि अपरान्ह ४ बजे आर्दश नगर रंगशालामा हिन्दू धर्म जागरण सभा एवं नागरिक अभिनन्दनको कार्यक्रम राखिएको छ । पर्सी जेष्ठ ८ गते बिहान ८ बजे विशेष विदाई समारोहको आयोजना गरेर गुरुको विदाई गरिने मुल स्वागत समितिले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here