प्रथम उपराष्ट्रपति चिल्डेन्स गेम्स २०७५को लागि वीरगंजमा छनौट प्रतियोगिता सम्पन्न

0
522
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, जेठ ८
काठमाडौंमा जेठ १० गते देखि १३ गते सम्म हुने प्रथम उपराष्ट्रपति चिल्डेन्स गेम्स २०७५को लागि आज वीरगंजमा प्रदेश स्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । छनौट प्रतियोगितालाई पर्साका पुर्व सांसद बिचारी प्रसाद यादवले उद्घाटन गर्नुभएको छ । मध्यमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष मानदेव हजराको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्व सांसद यादवले अरु क्षेत्र झै खेलकुदमा पनि प्रदेश नं. २ पछि रहेकोले खेलकुदका गतिविधिमा बढी केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी मध्यमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष मानदेव हजराले खेलकुदको बिकासको लागि सुविधा सम्पन्न भौतिक पुर्वाधारको आवश्यकता पर्ने भएकोले प्रदेश नं. २ को लागि नारायणी रंगशालालाई सुविधा सम्पन्न बनाउन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । भौतिक पुर्वाधारको बिकास बिना दक्ष खेलाडी उत्पादन गर्न नसिकने भन्दै अध्यक्ष हजराले सरकरालाई खेलकुदमा सम्मानजनक बजेट बिनयोजन गर्न अनुरोध गर्नुभयो । वीरगंजको नारायणी रंगशालामा आयोजित छनौट प्रतियोगितामा प्रदेश नं. २ का ८ जिल्लाका खेलाडीहरुको सहभागिता रहेका छ । प्रतियोगिताबाट एथ्लेटिक्स, कराँते, तेकान्डो र उषु खेलबाट २५ महिला र २५ पुरुष गरी ५० जना खेलाडीहरु छनौट हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा मध्यमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कोषाध्यक्ष प्रदिप यादव,क्षेत्रिय प्रमुख महम्द ज्यायुल ईस्लाम ,लेखा प्रमुख अरुण कुमार भुजेल,फुटबलका बरिष्ठ प्रशिक्षक हरीबहादुर श्रेष्ठ, रितु शाक्य, प्रदिप श्रेष्ठ नेकपाका युवा नेता अकलेश साह,रामकुमार पटेल , कबडी प्रशिक्षक आकाश पटेल,ईन्जिनियर शिवचन्द्र यादव ,कार्यलय सचिव शिवनारायण साह लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here