राप्रपा अध्यक्ष कमल थापाद्वारा फागुन ७ गते देखि देशव्यापी जनसंर्घष गर्ने उद्घोष

0
134
Ad_Article_Top
Share

वीरगंज, जेठ ९
राप्रपाका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनः स्थापनाको लागि आउँदो फागुन ७ गते देखि देशव्यापी जनसंर्घष गर्ने उद्घोष गर्नुभएको छ । वीरगंजमा आज सम्पन्न ३ दिने केन्द्रिय परिषदको भेलापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले हिन्दू पुनः स्थापना , प्रजातान्त्रिक राजतन्त्रको पुनः स्थापना ,छुवाछुत बिरुद्ध राष्ट्रिय अभियान,मेची महाकाली राष्टिय स्वभिमान यात्रा,हिन्दू जनचेतना कार्यक्रम र भष्टाचार बिरुद्ध भण्डाफोर संचालन गरी फागुन ७ गते हिन्दु राष्ट्र निर्माणको लागि निर्णयाक आन्दोलन गर्ने परिषदले निर्णय गरेको बताउनुभयो । बैठकले तिन तहको निर्वाचनको संगारमा पार्टी बिभाजन,कमजोर संगठन, काँग्रेसको तालमेललाई निर्वाचनको पराजयको मुल कारण ठहर गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा थापाले भारतले नेपालको संबिधानको स्वागत नगरेको र नाकाबन्दीको लागि क्षमा नमागेको अवस्थामा हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिएको नागरिक अभिनन्दनको आलोचना समेत गर्नुभयो । अध्यक्ष थापाले बिधान संशोधन सम्बन्धि बैठकमा आएका प्रस्तावहरु र बैठकमा सहभागिहरुले व्यक्त गरेका सुझावहरु समावेश गरी कार्य सम्पादन समितीले अन्तिम रुप दिने बताउनुभयो । पत्रकार सम्मेलनमा पुर्वमन्त्री एवं उपाध्यक्ष राजुव पराजुली, सांसद एवं महामन्त्री राजेन्द्र लिंगेनल लगायतको सहभागिता रहको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here