अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा वीरगञ्जमा निशुल्क स्वास्थ्य शिविरको आयोजना

0
121
Ad_Article_Top
Share

वीरगंज, बैशाख १८
अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा वीरगञ्जमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सानो पाईलाको आयोजनामा भएको स्वास्थ्य शिविरमा १ सय २८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा पेट दुग्ने, डायविटिज, ब्लड प्रेसर, ढाड तथा घुँडा दुग्ने समस्या भएका र आँखाका विरामीहरु उपचारका लागि आएको पेटरोग विशेषज्ञ डा राकेश झाले जानकारी दिए । शिविरमा आएका विरामीहरुको डा शैलेश ठाकुर, डा रामाशंकर गुप्ता, डा एस एन यादव, डा राजेश स्वर्णकार, डा एमडी राजा, डा सञ्जय जयसवाल, डा अरुण यादवले उपचार गरेका थिए । वर्षेनी मजदुर दिवसको अवसर पारेर सनो पाईलाले स्वास्थ्य शिविरको अयोजना गर्दै आएकोले त्यसैलाई निरन्तरता दिएको शिविरका संयोजक रौनकराजले बताए । शिविरमा स्वास्थ्य परीक्षण गराएका विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको सानो पाईलाका अजितम पाण्डेले जानकारी दिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here