इलाका प्रहरी कार्यालय सेंढवाद्वारा दुरुपयोग गरिएको सरकारी मोटरसाईकल नियन्त्रण

0
461
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, बैशाख १९//इलाका प्रहरी कार्यालय सेंढवाले दुरुपयोग गरिएको एउटा सरकारी मोटरसाईकल नियन्त्रणमा लिएको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ को ना १ ब २३६८ नम्बरको मोटरसाईकल दुरुपयोग गरेको भेटिएपछि नियन्त्रणमा लिएको हो । लिटिल गार्डेन इंग्लिश वोर्डिङ स्कुल पकडिया टोलका सन्चालक मुनीलाल महतो नुनियाले दुरुपयोग गरि चलाईरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सेंढवा बाट प्रहरी नायव निरीक्षक बिमल कुमार शाही को नेतृत्व मा गएको प्रहरी टोलिले बोर्डिङ स्कुल को कम्पाउन्ड बाट मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मुनीलाल जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विहारी महतो नुनियाका भाई हुन् । उनले नै वडा कार्यालयको मोटरसाईकल प्रयोग गर्दै आएका थिए ।उनलाई बारम्बार सम्झाउदा समेत नमानेको ले गाडी नियन्त्रणमा लिएको प्रहरी ले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here