भेट्रान्स ऐट साईड गोल्ड कप डे नाईट फुटबल प्रतियोगिताको शुरु

0
557
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, बैशाख २०
वीरगञ्जमा आज देखि शुरु भेट्रान्स ऐट साईड गोल्ड कप डे नाईट फुटबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ । आर्दशनगर रंगशालामा आयोजित प्रतियोगितालाई पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, एनजीओसीसी पर्साका अध्यक्ष ईब्रहामि देवानले धारणा राख्नुभएको थियो । कार्यक्रममा वक्ताहरुले वीरगञ्जमा खुलकुदको गतिविधि शुन्य भइरहेकोले बेला यस किसिमको प्रतियोगिता हुनु ठुलो उपलब्धि भएको बताउनुभएको थियो । खेल र खेलाडी देशका गहना भएकोले यसको संरक्षण र सम्बद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राख्दै बिगतमा पनि यस प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । बैशाख २२ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरी ११ वटा भेट्रान्स क्लबले सहभागीता जनाउने आयोजक क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य भेन्ट्रान क्लबका महासचिव विनोद परियारले गर्नुभएको थियो भने सहजीकरण हेमन्त तमाङ्गले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मानबहादुर राई, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, राष्ट्रिय फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष विजय चौहान, ट्रान्सपोर्ट एशोसिएशयन पर्साका अध्यक्ष बालकृष्ण पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here