जेसीज इण्टर स्कूल टी २० क्रिकेट टुर्नामेण्ट सम्पन्न

0
607
Ad_Article_Top
Share :
meropathsala.com

कलैया, २२ बैशाख
कलैया सिटी जेसीजको आयोजनामा कलैयाको सिद्धेश्वर खेलमैदानमा बैशाख १४ गते देखि शुरु भएको टी २० क्रिकेट टुर्नामेण्ट आज सम्पन्न भएको छ ।
सम्पन्न खेलमा कलैया बाल विद्या मन्दिर र ग्यालेक्सी पब्लिक ई. स्कूलबीच भएको फाइनल खेलमा १८ रनले बाल विद्या मन्दिर ई. स्कूलले जीत हासिल गरेको छ । 
कार्यक्रममा प्रमुख अतिथि सासद रामबाबु यादवले बाल विद्या मन्दिर ई. स्कुलका विजयी खेलाडीहरुलाई सम्मान पत्र सहित विजयी शिल्ड वितरण गर्नु भएको थियो भने दोश्रो हुने स्कुल ग्यालेक्सी बोर्डीङ्गलाई विधायक पारस साह र शारदा शंकर साहले संयुक्त रुमपा प्रमाण पत्र सहित शिल्ड वितरण गरेका थिए ।
सो खेलमा वेस्ट व्याट्समैन अमन यादव ब्राईट लैण्ड ई. बोर्डिङ्ग स्कूल, मैन अफ द सीरीज बाल विद्या मन्दिर ई स्कूलका संदिप यादव र वेस्ट बौलर सहबाज खान मैरीगोल्ड ई बोर्डिङ्ग स्कूल भएका थिए ।
सम्पन्न सो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सांसद क्षेत्र नं. ३ का राम बाबु यादवको प्रमुख आतिथ्य रहनु भएका थिए भने विशिष्ठ अतिथिमा प्रदेश सभासदस्य बारा क्षेत्र नं. ३ (क) का ज्वाला साह, विधायक पारस साह, शारदा शंकर साह, कलैया सिटी जेसिजका संस्थापक अध्यक्ष जेसी रामनिवाश कुशवाहा, जिप्रका बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवार, अनुसन्धानका एसपी उत्तम खनाल, बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया र त्यसैगरि अतिथिहरुमा मनमोहन मेमोरियल प्रदेश कप काठमाण्डौमा प्रदेश नं. २बाट प्रतिनिधित्व गरेका साहिल पटेल, तिर्थराज दास, निखिल सिंह, टीम कोच प्रकाश शर्मा, टीम मैनेजर जहुर अन्सारी लगायका उपस्थिति रहेको थियो ।
सो सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सासद रामबाबु यादवले बाल विद्या मन्दिर ई. स्कुलका विजयी खेलाडीहरुलाई सम्मान पत्र सहित विजयी शिल्ड वितरण गर्नु भएको थियो भने दोश्रो हुने स्कुल ग्यालेक्सी बोर्डीङ्गलाई विधायक पारस साह र शारदा शंकर साहले संयुक्त रुमपा प्रमाण पत्र सहित शिल्ड वितरण गरेका थिए ।
सो खेलमा कलैया सिटी जेसीज वर्ष २०१८ लगायतकका सम्पूर्ण पदाधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कलैया सिटी जेसीज वर्ष २०१८का अध्यक्ष जेसी धनीलाल सर्राफको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरण जेसी गंगा सागरले गरेका थिए

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here