अविरल वर्षाका कारण वीरगञ्ज डुबानमा

0
379
Ad_Article_Top
Share

वीरगंज,असार १८
गएातिदेखि भईरहेको अविरल वर्षाका कारण वीरगञ्जको विभिन्न स्थान डुबानमा परेको छ । वीरगञ्जको श्रीपुर, राधेमाई,पानीट्याङकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, प्रसौनी बिर्ता,नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् । त्यसैगरि वीरगञ्जको मुख्य बजारको रुपमा रहेको आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधरणले सास्ती ब्यहोरेका छन् । वर्षाको पानी नालाबाट राम्रो सँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्ने वित्तिकै वीरगञ्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् । नगर क्षेत्रमा एकीकृत मझौला सहरी वातारण सुधार परियोजना अन्र्तगत नाला निर्माणको काम सम्पन्न भई सकेका ठाउँमा समेत पानीको निकास नभएको गुनासो नगरबासीले गरेका छन् । वर्षेनी नगर क्षेत्र डुबानमा पर्ने गरेको भएपनि समस्या समाधानका लागि महानगरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरबासीको गुनासो छ । सडकमा पानी जमेका कारण विशेषगरि पैदल स्कुल जाने स–साना बालबालिकाहरु समस्यामा परेका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्म कुमार भुषालले भने समथर भू–भाग भएका कारण पानी जम्ने समस्या देखिएको बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here