वडा सदस्य यादव माथि छुरा प्रहार,घाइते यादवको नारायणी अस्पतलमा उपचार हुदै

0
3586
Ad_Article_Top
Share

वीरगंज, साउन १२
वीरगंज वडा नं. २३ प्रसौनी बिर्ताका जननिर्वाचित वडा सदस्य लालबाबु यादव माथि आज आक्रमण भएको छ । नेकपाबाट निर्वाचिन वडा सदस्य यादव माथि विहान सातबजे प्रसौनी चौक स्थित मदन साह गोढको चिया पसल नजिक आक्रमण भएको हो । घाईते यादवको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहको छ । यादवको टाउको तथा दाहिने हात र खुट्टमा छुरा प्रहार भएको छ । “म चिया पसलमा चिया खान मोटर साईकलबाट ओर्ले ,ओर्लने बितिकै एक्कासि वीरगंज २२ मनियारीका प्रमोद यादव, भिम यादव र प्रसौनी बिर्ताका पृथ्वीनारायण यादव म माथि जाई लागे,म भुइमा ढले म माथि अन्धाधुन आक्रमण गर्न थाले, एकजनाले छुरा निकाली आक्रमण गर्न थाल्यो, मेरो दाहिने हात र खुटामा छुरा प्रहार भयो ,म अचेत भए ,त्यतिकैमा गाँउले मलाई बचाए , गाँउले जाई लोगपछि उनीहरु भागे यादवले भने”। बिद्यालय व्यवस्थापन समिती सदस्य छनौटमा असन्तुष्ट जनाउदै आएका संघिय फोरमका जमुना यादव, कृष्णा दास, गलेन्द्र यादव ,मनिफ अंसारी, सुनिल दास ,काँग्रेसका लोकनारायण यादव र देवशंकर यादव मध्ये जमुना यादवले आफना तिनवटै छोरालाई बोलाई स्थानिय दिपक यादव माथि आक्रमण गरेका थिए । “ असन्तुष्ट पक्षबिच हामी छलफल गर्दै थियौं , त्यतिकैमा चन्दा दाता प्रमानन्द यादव माथि जमुना यादवले भष्ट्रचारी, गाबिसको बजेटको हिनामिना गरेको जस्ता आरोप लगाउन थाले वडा सदस्य लालबाबु यादव ,दिपक यादव लगायतकाले गाली गलौज भन्दा पनि स्थानिय निकायमा उजुरी हाल्न सुझाव दिन खोज्दा जमुना यादवले आफना छोराहरुलाई फोनबाट बोलाई झगडा गर्न लगाएको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले भने” हिजो बिद्यालय प्रागंनमा भएको झडपमा परि गम्भिर घाईते भएका दिपक यादवको काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । हिजोको घटनामा स्थानिय देवशंकर यादव र गलेन्द्र यादव पक्राउ परेका छन भने जमुना यादव, उनका छोरा मुना यादव , अजय यादव र लोकनारायण यादव फरार रहेका छन । हिजोको घटनाको रिसिवी साध्न आज लोकनारायण यादवले आफना ससुराली पक्षका मान्छे बोलाई आक्रमण गर्न लगाएका पिडित वडा सदस्य यादवले जानकारी दिनुभयो ।आजको घटनामा प्रमोद यादव, पारस यादव र भिम यादव पक्राउ परेको प्रहरीले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको तथा फरार अभियुतहरुको खोजीकार्य जारी रहेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here