पानी र घ्यु कारखानामा प्रशासनको शिलबन्दी

0
164
Ad_Article_Top
Share

वीरगंज,भाद्र ९
जिल्ला प्रशासन कार्यालय बाराले अखाद्य पानी र खाने तेल तथा घिउ एवं अन्य उपभोग्य समाग्री उत्पादन तथा बिक्री बितरण गर्ने कारखानामा सिलबन्दी र बिक्री बितरण समेत रोक्का राखेको छ । बाराको जितपुरमा रहेको मिनरल वाटर कारखानामा सिलपछि अस्ती बाराकै प्रसौनिीमा रहेका घिऊ कारखानामा समेत प्रशासनले छापामारेको छ । अखाद्य घिऊ उत्पादन भएको सुराकिको आधारमा प्रशासनले छापा मारेको बताइन्छ । लोकेश मित्तलको उक्त कारखानामा प्रहरीले उनका दाजु राजु मित्तलको तयारी झ्याल ढोका कारखानामा काम गर्ने सवारी चालकलाई पक्राउ गरेको भएपनि तारिखमा छाडिएको बताइन्छ । समिलमा कार्यरत कर्मचारीलाई आवश्यक परेको बेला उपस्थित हुने गरि छाडिएको बताइन्छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here