मालपोत माफियाले बिलीबाठ बनाए

0
444
Ad_Article_Top
Share

वीरगंज, भाद्र ९
मालपोत कार्यालय र भूमिसुधार कार्यालयको बदनियततका कारण सरकारी तथा सार्वजानीक चासो र सरोकारको कैयौं सम्पत्ति बिक्री बितरण भएको भएपनि सरोकारवाला निकायहरुले कुनै चासो नदिनुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । महुअन मठ, कट्टी मठ, लमरिाय मठ, सन्ठी मठ, बैरियाबिर्ता भेदराह माई, पोखरिया बजार मठ, बिरुवागुठी, नृसिंह माबि लगायतको नाममा रहेको जग्गा अनियमितता हुनु र जग्गा समेत बिभिन्न टिकडम भिडाएर कौडीको भाऊमा नजराना लिएर बिक्री बितरण गर्ने गरेको छ तर यस्ता मतियारलाई कसैले कारवाही गर्न नसक्नुले सबै निकाय समेतको मिलिभगतमा यस्ता काम हुने गरेको बताइन्छ । उता सार्वजानीक सडक, पोखरि र अन्य ऐतिहांसिक र सांस्कृतिक महत्वको जग्गा जमिन समेत मालपोत कार्यालय पर्सा र भूमिसुधार तथा नापी कार्यालयका त्रिपक्षिय सम्झौताको आधारमा बिक्री बितरण हुने गरेको भएपनि त्यसतर्फ स्थानीय प्रशासन र जनप्रतिनिधीको समेत ध्यान जान नसक्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here