२१ वर्षदेखि फरार रहेका अप्राधि पक्राउ ।।

0
426
Ad_Article_Top
Share :

भदौ १२, बिरगंज ।

प्रहरीले बाराबाट २१ वर्षदेखि फरार अभियुक्त सहित ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ बस्ने रामचन्द्र थापा मगर, बारा निजगढ नगरपालिका वडा नं.५ बस्ने भिर बहादुर थापा र वडा नं.९ बस्ने उमेश आले मगर पक्राउ गरेका हुन् । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले गाउँटोलमा लुकिछिपी बसेको अवस्थामा सवारी ज्यान मुद्धामा २१ वर्षदेखि फरार रामचन्द्र थापा पक्राउ परेका हुन् । वि.स. २०५४ जेठ १४ गतेको बारा जिल्ला अदालत कलैयाले सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै ४ महिना कैद र १ हजार जरीवानाको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौले जानकारी दिए ।बारा जिल्ला अदालत कलैयाले अपहेलना र जालसाजी मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेपछि भिर बहादुर र उमेश फरार थिए । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई गाउँबाटै नियन्त्रणमा लियो । पक्राउ परेका तीनै जनालाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा उमेश आले मगर जरिवाना रकम भुक्तान गरी छुटेका छन् भने र कैद सजाय भुक्तान गर्न भिर बहादुर थापा र रामचन्द्र थापा मगरलाई वीरगञ्ज कारागारमा पठाईएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here