म्यानमारका सेनाले नरसंहार ग¥यो , संयुक्त राष्ट्र संघ

0
151
Ad_Article_Top
Share

भदौ १२,

संयुक्त राष्ट्र संघले म्यानमारका सेनाले नरसंहार गरेको जनाएको छ । रखाइन प्रान्तमा र अरु बाँकी क्षेत्रमा भएको नसंहार र मानवता विरुद्धको अपराधको छानबिन हुनु पर्ने राष्ट्र संघले जनाएको छ । राष्ट्र संघको प्रतिवेदनले म्यानमारमा रोहिंग्या मुसलमानमाथि भएको हिंसाको कडा भत्सर्ना गरेको छ ।

सयौँ जना सँग लिइएको अन्तर्वार्ताको आधारमा तयार पारिएको प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले रोहिंज्या मुसलमान विरुद्ध भएको हिंसालाई कडा रूपमा निन्दा समेत गरेको छ । प्रतिवेदनले म्यानमारका सेनाले लगातार भेदभावको रणनीति लिएको पनि जनाएको छ ।
यस्तै, प्रतिवेदनमा म्यानमार सेनाका उच्च ६ अधिकारीलाई मुद्दा चलाउनु पर्ने उल्लेख गरिएको छ । म्यानमारमा सेनाको दमनमा परी ७ लाख रोहिंग्या मुसलमान विस्थापित भएका छन् । म्यानमारमा भएको यस घटना अनुसन्धान गर्न राष्ट्रसङ्घको टोलीलाई म्यानमार प्रवेश गर्ने अनुमति दिइएको थिएन । राष्ट्रसंघको टोलीले भूउपग्रहबाट खिचिएका तस्बिर तथा भिडिओका आधारमा प्रत्यक्षदर्शीहरुलाई भेटेर यो प्रतिवेदन तयार पारेको हो । म्यानमारका नेताहरूले नरसंहार गरेको भन्ने आरोपको यो पहिलो प्रतिवेदन भएको बीबीसीका संवाददाता जनाथन हेडले बताएका छन् । रोहिंज्या मुसलमान र अल्पसङ्ख्यक समुदायमाथि मानवता विरोधी अपराध गरेको आरोप म्यानमारका सैन्य अधिकारीलाई लागेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here