मुलकी अपराध संहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने –अध्यक्ष चौहान

0
266
Ad_Article_Top
Share

वीरगंज, भाद्र १२//नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहानले मुलकी अपराध संहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने बताउनुभएको छ । उहाँले सरकारले त्यसलाई संसोधन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा महासंघको सभाहलमा आयोजित मुलकी अपराध संहितामा प्रेस स्वतन्त्रता विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभयो । अनुमति नलिाई फोटो खिचेको अवस्थामा जेल हाल्नेसम्मको कुरा ल्याएर पत्रकारहरुलाई आतंकित पार्ने काम संहिताले गरेको उहाँको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सदस्य जगत राई, पर्सा शाखा अध्यक्ष श्याम वञ्जरा, प्रेस संगठन पर्साका अध्यक्ष अनुप तिवारी, संघिय प्रेस फोरमका अध्यक्ष आरके पटेल लगायतले संहिताले खोज पत्रकारहरुलाई निरुत्साहित गर्न खोजेको आरोप लगाएका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here