वीरगञ्ज महानगरपालिकाको ट्राफिक ब्यवस्था दिनप्रतिदिन खस्कदै

0
119
Ad_Article_Top
Share

भदौ १३, बिरगंज ।

वीरगञ्ज महानगरपालिका भएपनि यहा“को ट्राफिक ब्यवस्था दिनप्रतिदिन खस्क“दै जान थालेको छ । निकै पुरानो सवारी साधन समेत निर्बाध रुपमा सञ्चालन गर्न दिनाले बढेको सवारी चापको कारण विविध खालको आशंका समेत पैदा हुन थालेको छ । २० बर्षभन्दा अघि देखिका पुराना ट्रकलाई समेत रक्सौलदेखि जिप्सम, क्लिंकर, कोइला लगायतका समान समाग्री ढ्रुवानीमा प्रयोग हु“दा समेत त्यसलाई नियन्त्रण गर्न नसक्नु र कारवाही गर्नमा बिलम्ब गर्नूको पछाडि लुकेको रहस्याको बारेमा अहिले सर्वत्र चासो भईरहेको छ । उता यातायात व्यवस्था कार्यालयले पनि हजारौंको संख्यामा इ–रिक्सा सञ्चालनको लागि अनुमति दिनु तर सवारी साधान अनुमति पत्र नखोल्नु, वीरगञ्ज महानगरपालिकाले नगरको भार भन्दा बढी नै इ–रिक्सा चलाउनको लागि अनुमति दिनुले पनि सम्बन्धित फा“ट समेत अवैध सवारी साधान संचालनको रकममा भुलेको बताइन्छ । पहिला सडकमा अनुशाशित र सवारी नियमको उच्चतम पालना गरि चालकहरुले आ—आफ्नो सवारी साधन चलाउने गरेको भएपनि अचेल ट्राफिक प्रहरीले नियमित रुपमा जनचेतनाको कार्यक्रम सञ्चालन गर्न नसक्नु, मापदण्ड बिपरित चलेका सवारीलाई बिस्थापित गर्न नसक्नु, मुख्य मुख्य बजारमा अफिस समयमा समेत मालबाहक सवारी साधान निर्वाध रुपमा आवत—जावत गर्न दिएर नजराना लिनुजस्ता क्रियाकलापले यहा“को ट्राफिक व्यवस्था अस्तब्यस्त बनेको हो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here