निजि अस्पतालहरु मापदण्ड बिहिन

0
215
Ad_Article_Top
Share

भदौ १३, बिरगंज ।

वीरगञ्जमा दर्जनौंको संख्यामा निजी अस्पतालहरु खुलेको भएता पनि उनीहरुले गुणस्तरीय उपचार दिन भने सकेका छैनन् । निजी अस्पताल सञ्चालन गर्न निश्चित मापदण्डहरु पुरा गरेको हुनुपर्छ, तर यहा खुलेका कतिपय अस्पतालहरु मापदण्ड अनुरुप छैन । तैपनि निर्वाधरुपमा सञ्चालनमा आउनु रोगीहरु बारम्बार ठगिनु, दक्ष चिकित्सकको अभावमा बारम्बार जोखिम निम्तिनु र अन्य विविध खालको समस्याका कारण यहा“ खुलेका स्वास्थ्य प्रतिष्ठिान प्रति विश्वास गुम्दै जान थालेको छ । वीरगञ्जमा एएमसी हस्पिटल, नेशनल मेडिकल कलेज, गण्डक हस्पिटल, भवानी अस्पताल, ओम अस्पताल, अलि अर्थो अस्पताल, सूर्य अस्पताल, आशाराम हस्पिटल, नेशनल हेल्थ केयर, तराई हस्पिटल लगायतका अस्पताल भएपनि त्यहा“बाट समेत गुणस्तरीय र सोचे जस्तो सेवा प्राप्त नहुनुले विविध खालका आशंका सृजना भएको छ । स्वास्थ्य मन्त्रालयले निजी अस्पताल सञ्चालन गर्दा जग्गा, भवन, दक्ष कर्मचारी, प्रयोगशाला र अन्य उपकरणहरु जडित हुनुपर्ने बाध्यकारी नियम रहेपनि उपेक्षा गरी अस्पताल खोल्नु र त्यसउपर निगरानी नहुनाले नियमन निकाय समेत शंकाको घेरा रहेका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here