गण्डकी बिकाश वैंक लिमिटेडद्वारा मानव सेवा आश्रममा सप्रेम भोजन

0
136
Ad_Article_Top
Share

भदौ १५, बिरगंज
गण्डकी बिकाश वैंक लिमिटेड वीरगंज शाखाको पहिलो बार्षिक उत्सवको अवसरमा आज मानव सेवा आश्रममा सप्रेम भोजन सेवा अर्पण गरिएको छ । बैंकका शाखा प्रबन्धक मुकेश अधिकारीको सभापतित्व तथा वडा नं. ९ का वडा अध्यक्ष मनोज कुमार कलवारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शाखाका प्रबन्धक मुुकेश अधिकारीले बैंकले मुनाफाको काम मात्र नगरेर असहाय मानवको सेवामा पनि लागि परेको बताउनुभयो । उहाँले छिटै नै प्रदेश नं. २ को असहायहरुको लागि पनि काम गर्ने साथै शाखा पनि बिस्तार गर्ने जानकारी दिनुभयो । कार्यक्रममा वरिष्ठ सहायक सुरज कुमार सर्राफ, प्रनिका श्रेष्ठ,रितिका श्रेष्ठ,नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य पत्रकार जगत राई लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नरेन्द्र प्रसाद ,मानव सेवा आश्रमका आयशा राई लगायतको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here