वीरगञ्ज महानगरपालिकामा कर्मचारीहरु असन्तुष्ट

0
116
Ad_Article_Top
Share

 

भदौ, १६ बिरगंज ।

वीरगञ्ज महानगरपालिकामा निर्माण गरिएको संगठन तालिकाको विषयमा कार्यालयमा कार्यरत कर्मचारीहरु असन्तुष्ट देखिएका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसियसन तथा स्थानीय निकाय कर्मचारी संघ नेपालमा आवद्ध कर्मचारीहरु असन्तुष्टी जनाएका ह्ुन् । दुवै संगठनले नयाँ निर्माण गरिएको संगठन तालिकाको बारेमा छलफल गर्न सोमबार संयुक्त बैठक समेत डाकेका छन् । उनीहरुले नगरपालिकाले आयोजना गरेको स्पेशल माईन्ड एजुकेशन लेक्चर विषयक तालिम कार्यक्रम समेत बहिस्कार गरेर विरोध गरेका थिए । असन्तुष्टी जनाउँदै कर्मचारीहरुले काम नगर्दा डेढघण्टा कार्यालयको नियमित कामकाजमा समेत असर परेको थियो । नगर प्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भुषालले संगठन संरचनामा देखिएको त्रुटी समाधानका लागि माथिल्लो निकायमा कुरा राख्ने आश्वासन दिएपछि काममा फर्किनुको साथै तालिम सहभागी भएका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here