शिक्षा अध्ययनरत ५९ जना छात्राहरुलाई साइकल वितरण

0
228
Ad_Article_Top
Share

भदौ, १६ बिरगंज ।

पर्साको पकाहामैनपुर गाउँपालिकामा उच्च शिक्षा अध्ययनरत ५९ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । स्थानीय राम चरित्र भगत माविमा अध्ययनरत ५९ जनालाई गाउँपालिकाले साइकल प्रदान गरेको हो । विद्यालय जान सहज होस् भन्ने उद्देश्यले माध्यामिक तहमा अध्ययनरत छात्राहरुलाई चार लाख रुपैयाँमा खदिर गरिएका साइकल बितरण गरिएको गाउँपालिका प्रमुख विजयकुमार चौरसियाले जानकारी दिए । चालु आर्थिक वर्ष्भित्रै गाउँपालिका का कक्षा ९ र १० मा अध्ययनरत सबै छात्राहरुलाई साइकल दिने तथा डोम र मुसहर समुदायका बालबालिकाहरुलाई निःशुल्क पोशाक, कापिकलम, झोला वितरण गर्ने तयारी भइरहेको गाउँपालिका कार्यालयले जनाएको छ ।गाउँपालिकामा एउटा मावि, २ वटा आधारभूत विद्यालय गरी १६ वटा विद्यालय छ भने कतिपय गाउँबाट छात्र छात्राहरु नजिकैको अर्को गाउँपालिकाको विद्यालयमा गएर पनि अध्ययन गर्दै आइरहेका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here