नेपाल र मलेसिया बीचको खेल वर्षाको करण ढिला हुने

0
471
Ad_Article_Top
Share :
meropathsala.com

१६ भदौ, बिरगंज ।
एसिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र आयोजक मलेसियाबीचको खेलमा वर्षा बाधक बनेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल शुरु हुने भनिए पनि पानी परेपछि प्रभावित बनेको हो । छिटफुट वर्षा जारी रहेकाले खेल केही समय ढिलो सुरु हुने बताइएको छ । एसिया कप छनोटको शीर्ष २ भित्र पर्नका लागि मलेसियालाई नेपालले पराजित गर्नै पर्ने हुन्छ । अहिले नेपाल छनोट प्रतियोगिताको पाचौं स्थानमा छ । आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युएई सँग पनि ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको यात्रा निकै कठिन बनेको हो । नेपालले मलेसिया पछि सेप्टेम्बर २ तारिखमा सिंगापुर सँग प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा हङकङ सँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ । मलेसियासँग नेपालले अहिले सम्म ५ खेलमा प्रतिस्पर्धा गरेको छ भने सबै खेलमा नेपालले जितेको छ । सन् २०१४ पछि नेपाल र मलेसियाबीच पहिलोपटक भेट हुन लागेको हो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here