देश भरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प

0
395
Ad_Article_Top
Share :

भदौ १७, बिरगंज ।
नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । संघले गएको १ गते देखि लागू भएको मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै देशभरको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको हो । संघले आज दुई घण्टा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन पनि गर्दैछ । बिहान १० बजे देखि १२ बजे सम्म प्रदर्शन गर्ने संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सरकारले मागबारे चासो नदिए आगामी शुक्रबार देखि आकस्मिक बाहेक देशभरका स्वास्थ्य संस्थामा शल्यक्रिया सेवा पनि बन्द हुनेछ ।
संघले भोलि देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, पर्सी आकस्मिक बाहेकका विरामी भर्ना नगर्ने, बुधबार देखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने, बिहीबार देखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द तथा शुक्रबार देखी आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

यसैबिच संघको आहवानमा आज वीरगंजमा पनि चिकित्सकहरुले आन्दोलन गरेका छन । नारायणी उपक्षेत्रिय अस्पतालमा आकस्मिक सेवा बाहेकका सवै सेवा ठप्प गरी चिकित्सकहरु आन्दोलन गरेका हुन । संघका पर्सा अध्यक्ष डा. जगदिश अग्रवालको नेतृत्वमा चिकित्सकहरु जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here