भदौ १७, बिरगंज ।
वीरगंज महानगरपालिका वडा नं. ११ दुर्गा टोलमा रहेको नमुना प्रगतिशिल महिला समाजको कार्यालय उद्घाटन गरिएको छ । वीरगंजका उपमेयर शान्ति कार्कीले कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रम संस्थाकि अध्यक्ष बिमला तिमलशिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष प्रद्युम्न सेढाई,संघिय समाजवादी फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मी, वडा प्रहरी कार्यालय श्रीपुरका सई प्रकाश बहादुर राउत, सामुदायिकका सचिव दिलिप प्रधानलगायतकाले धारणा राख्नुभएको थियो । संस्थाका केन्द्रिय अध्यक्ष कोपिला कुवँरले संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण जगत राईले गर्नुभएको थियो ।