१७ भदौ, बिरगंज ।
श्री राधाकृण्ण प्रणामी मन्दीर भिषुवामा रक्तदान कार्यक्रम समप्पन भएको छ । घनश्याम दाहालको सभापतित्वमा भएको कार्यक्रममा ४ महिला सहित २० जनाले रक्तदान गरिसकेको छन । रक्तदान कार्यक्रममा सहभागित बन्नको लागि जनचेतना मूलक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा नेपाल रक्तसंचार केन्द्र बीरगंजका प्रमुख प्रबिण मानन्धर लगायतको टोलीले प्राबिधीक सहयोग गरेको प्रमुख मानन्धरले जानकारी दिनु भयो ।