नेपाल रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

0
296
Ad_Article_Top
Share :
meropathsala.com

भदौ १९, बिरगंज ।

नेपाल रेडक्रस दिवसको अवसरमा आज नेपाल रेडक्रस सोसाइटी पर्साले गरेको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको घण्टाघर स्थित शाखा कार्यालयमा भएको रक्तदान कार्यक्रममा ४ जना महिला सहित ७५ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए । रक्तदान कार्यक्रम शाखा सभापति फुलमहमद मियाको अध्यक्षतामा भएको थियो । उता, निजगढ उपशाखाले पनि रेडक्रस दिवसको अवसर पारेर बृहद रक्तदान कार्यक्रमको आयोजना गरिरहेको छ । त्यहां पनि हालसम्म ६ महिला सहित ५४ जनाले रक्तदान गरिसकेको छन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here