राष्ट्रिय मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको दिवसको अवसर र्याली

0
429
Ad_Article_Top
Share

भदौ २०, बिरगंज ।

आज राष्ट्रिय मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको दिवसको अवसर पारेर बृहद् र्याली तथा अन्ग जनचेतना मूलक कार्यक्रम गरि मनाइएको छ । बिहान घन्टाघरबाट शुरु भएको बृहद प्रभातफेरिले नगरको बिभिन्न भागको परिक्रमा गरि पुन घन्टाघरमा आएर समापन भएको थियो । यस अघि घन्टाघरमा पर्साका प्रमुख जिल्ला अधिकारीले बेलुन र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल र नेपाल पत्रकार महासंघका सभापति श्याम बन्जाराले परेवा उडाएर प्रभातफेरिको शुभारम्भ गर्नुभएको थियो । समाजका बिभिन्न तह र तप्काका नागरिकहरुको बृहद सहभागिता रहेको कार्यक्रममा सानो पाइलाले जनचेतना मुलक नाटक समेत प्रदर्शन गरेको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारीले मानब बेचबिखन बिरुद्ध सरकार कठोर भएकोले कोही कसैलाई पनि छुट नदिने धारणा राख्नुभएको थियो ।

यसैबिच, मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औं राष्ट्रिय दिवस काठमाडौं उपत्यका सहित देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाउँदै छ । मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय संघसंस्थाहरुले पनि बिभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, विद्यार्थी, अधिकारकर्मी लगायतको सहभागीतामा प्रभातफेरी लगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा बुधबार काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको छ । बाजागाजासहित भृकुटीमण्डपबाट निकालिएको ‍¥याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर समापन भएको थियो । बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा गरिएको प्रभातफेरीमा मन्त्री थममाया थापासहित, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, अधिकारकर्मी लगायतको सहभागिता थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here