पर्सामा प्रहरीहरुको धमाधम बयान लिइदै

0
143
Ad_Article_Top
Share

भदौ २६, बिरगंज ।

जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेका बिभिन्न नाकामा कार्यरत प्रहरीलाई जिल्ला प्रशासन कार्यालय पर्सामा काल्पनीक उजूरी तयार गर्न लगाइ धमाधम बयान लिन थालिएको छ । यसले गर्दा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख बीचको दुरी बढेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षकले नै आफ्नो माताहत रहेका प्रहरीको कार्य क्षमता र कमी —कमजोरीका बारेमा आफ्नै कार्यकक्षमा बोलाएर बयान लिने, स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सेवाबाट हटाउन समेत सक्ने प्रहरी नियमावलीमा स्पष्ट हँुदाहुँदै पनि त्यस्तो निर्देशन नदिएर आफैं प्रशासनमा प्रहरी हाजिर भएर बयान दिन जान्छन भने यो प्रहरी संगठनको लागि लाजमर्दो कुरा भएको एकजना प्रहरी अधिकृत बतउँछन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले सर्वसाधारणको गुनासा आएको खण्डमा प्रमुख जिल्ला अधिकारीले जो कोहीसँग पनि सोधपुछ गर्न सक्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शद कुमार पोखरेल भने आएका गुनासा र परेको उजूरीको आधारमा बयान लिने काम भइरहेको र पहिलो चरणको बयान सकि अव दोस्रो चरणको बयानको लागि झिकाइने बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here