बीरगञ्ज महानगरपालिकाको गाउँमा घरदैलो कार्यक्रम समपन्न

0
148
Ad_Article_Top
Share

असोज १, बिरगंज
बीरगञ्ज महानगरपालिकाको वडा नं ६, ७ र ८ गहवा गाउँमा हिजो बिहान घरदैलो गरिएको छ । घरपालुवा पशु पंक्षी, चौपाया, कुकुर, घोडा जथाभावी सडकमा नछोड्न आग्रह गर्दै घरदैलो गरिएको हो । डेढ महिनामा वीरगञ्जको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण उपलब्धी ल्याउने अठोट बोकेर नागरिक स्तरबाट थालिएको व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत बिहान घरदैलो निकालिएको थियो । अभियानका संयोजक दिलिपराज कार्कीको नेतृत्वमा भएको कार्यक्रममा स्थानीयलाई सडकमा जथाभावी पशु चौपाया नछोड्न, फोहोर जथाभावी नफाल्न, घर अगाडी सफा राख्न, निर्माण सामाग्री सडकमा नछोड्न, रिक्सा, ठेला जथाभावी पार्किङ नगर्न आग्रह गरेको थियो । घरदैलो टोलीमै सहभागी वीरगञ्ज महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषाल, वडा अध्यक्ष तथा सदस्यहरुलाई सडकमा भएको खाल्डाखुल्डी पुर्न आग्रह गरेका थिए । महानगरपालिकाले समयमा फोहोर संकलन नगरिदिएका कारण टोल दुर्गन्धित भएको गुनासो उनीहरुको थियो । घरदैलो पछि घण्टाघरमा भएको कोण सभामा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भुषालले सबैको प्रयासले मात्रै वीरगञ्जमा सुधार ल्याउन सकिने बताउनुभयो । महानगरपालिकालाई दोष मात्रै दिएर नहुने बताउँदै उहाँले सबै पक्षको सहयोग पाएको खण्डमा काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । कोण सभामा नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जरा, अभियानका सह संयोजक प्रकाश खेतान, सदस्य रितेश त्रिपाठी, वडा ं८ का वडा अध्यक्ष राज किशोर गुप्ता, प्रहरी नायब उपरीक्षक मान बहादुर राईले ‘व्यवस्थित वीरगञ्ज’ अभियानलाई निरन्तरता दिन सुझाव दिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here